संक्षिप्त परिचय

कावासोती नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी जिल्लामा अवस्थित एक नगरपालिका हो । नगरउन्मुख क्षेत्रहरुलाई नगरपालिका घोषणा गर्दै लैजाने नेपाल सरकारको नीति अनरुप २०७१ बैशाख २५ गते नेपाल सरकारको निर्णयवाट साविकको शिबमन्दिर, कावासोती, पिठौली र अग्र्यौली,कुमारवर्ती गाउँ विकास समितिहरूलाई समेटेर कावासोती नगरपालिका घोषणा गरिएको हो । यस नगरपालिकाको जम्मा घरधुरी संख्या १४१०४ छ भने जम्मा जनसंख्या ६२४२१ छ र यसमा पुरुषको संख्या २८६१६ र महिलाको संख्या ३३८०५ रहेको छ। १७ वडाहरुमा विभाजित नगरपालिका क्षेत्र साविकको शिवमन्दिर गा.वि.स. परिसरवाट नगरपालिकाको मुख्य कार्य सञ्चालन हुँदै आए पनि साविक कावासोती, पिठौली, अग्र्यौली र कुमारवर्तीमा समेत संयुक्त वडा कार्यालयको रुपमा सेवा प्रवाह हुँदै आएको छ ।
यस नगरपालिकामा विभिन्न जातजातिहरुको एक समानको सौहद्रापूर्ण बसोेवास रहेको पाईन्छ । यस नगरपालिकामा बसोवास गर्ने विभिन्न जातजातिहरु यस प्रकार रहेका छन । क्षेत्री, पहाडी ब्राम्हण, मगर, थारु, तामाङ्ग, नेवार, मुसलमान, कामी, गुरुङ, दमई, डोली, ठकुरी, सार्की, तेली, सन्यासी, दशनामी, मुसहर, खट्बनियाँ, कुमाल, कानु, नुनिया, मारवाणी, दराई, भोटे, वादि, राई, यादव, हजाम ठाकुर, माझी, राजपुत, बाराई, विन अन्य, तराई अन्य आदिको मिश्रित वसोवास रहेको छ । नगरपालिकाका नामः कावासाेती नगरपालिका

कार्यालय स्थापना भएकाे बर्षः बि.सं.२०७१

विकास क्षेत्रः पश्चिमाञ्चल

अञ्चलः लुम्बिनी

जिल्लाः नवलपरासी

वार्ड संख्याः १७ नगरपालिकाकाे

जनसंख्याः महिला–३३८०५ र पुरूष–२८६१६ गरी जम्मा–६२४२१ ।

घर संख्याः १४१०४

क्षेत्रफल (व.कि.मि.)ः ११४ व.कि.मि.

भाैगाेलिक अवस्थितिः अाक्षांस २६ं ५१ देखि २७ं २ उत्तरसम्म, देशान्तर ८४ं ५१ देखि ८५ं १६ पूर्वसम्म ।

नगरपालिकाकाे सिमानाः पूर्व–देवचुली नगरपालिका, पश्चिम–देउराली र कुमारवर्ती गा.वि.स., उत्तर–धाैवादी गा.वि.स. र दक्षिण–चितवन राषिट्रय तथा नारायणाी नदी ।

महत्वपूर्ण बजारः कावासाेती, डन्डा बजार ।

प्रमुख जाती तथा संख्याः ब्राम्हणा, क्षेत्री, थारू, मगर, तामाङ, गुरूङ, कुमाल, नेवार, भुजेल, बाेटे, मुसहर, कामी,दमै, सार्की, अादि ।

स्वास्थ्य सुविधाः स्वास्थ्य चाैकी ४ ।

पर्यटकीय क्षेत्रः महाराजा मन्दिर, पाेखरी ताल, बाघखाेर हाेम स्टे, कावासाेती ताल, गिद्द संरक्षण केन्द्र, नर्मदेश्वर शिवालय मन्दिर, अादि ।

चाडपर्वः दशैं, तिहार, ल्हाेसार, माघी, हाेली, चणडी पूर्णिमा, अादि ।